नारायणी डेभलपमेन्ट बैंकका कार्ड होल्डरहरुलाई होटल स्टार बिशेष छुट अफर !

  • समाचार यात्रा
  • २ साल अघि
  • 335 जनाले पढ़िसके

चितवन : होटल स्टार चितवन प्रा.लि.ले नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड होल्डरहरुलाई बिषेश छुट दिने भएको छ ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेल र होटल स्टार चितवन प्रा.लि.का अध्यक्ष भेषराज दुवाडी ले उक्त छुट सुबिधाको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडका बिशेषधिकार कार्ड होल्डरहरुले होटल स्टार चितवन प्रा.लि.को सेवा उपयोग गर्दा रुम चार्जमा २० प्रतिशत, खानामा १० प्रतिशत र कार्यक्रम तथा समारोह गर्दा ६ प्रतिशत छुट प्राप्त गर्ने छन ।

बैंकले बिभिन्न बचतकर्ताहरु, शेयरधनीहरु लगाएत अन्य सरोकारवालाहरुलाई बिभिन्न मापदण्डको आधारमा बिशेषधिकार कार्ड उपलब्ध गराउने र सो कार्डको आधारमा स्टार होटल वाट लिने सेवामा छुट लिन सक्ने जनाएको छ । यस सम्झौतावाट बैंक तथा होटल दुवै पक्षको ब्यावसायिक सम्बन्ध तथा ब्यवसाय सुदृढ हुने बिश्वास दुवै पक्षको बिश्वास रहेको छ ।

प्रतिकृया दिनुहोस्