- समाचार यात्रा
- २ साल अघि
- 146 जनाले पढ़िसके

चितवन : चितवनमा डेंगु रोगका बिरामीको मृत्यु भएको छ । रत्ननगर नगरपालिका १ का २८ वर्षीय युवकको मृत्यु भएको हो । चितवन स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीका अनुसार उपचारका लागि पुरानो मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएकोमा आइतबार मृत्यु भएको हो ।
सो अस्पतालका चिकित्सक डा. आलोक प्रधानले अस्पताल आएको दुई घण्टाभित्रै ती व्यक्तिको मृत्यु भएको जानकारी दिए । उच्च ज्वरो र लगातार वान्ता हुन थालेपछि आइतबार मध्यन्ह तिर उनी उपचारका लागि आएको डा.प्रधानले बताए । उनको परीक्षण चार पाँच दिन पहिल्यै अन्यत्र नै भएको प्रधानको भनाइ छ । डेंगुका कारण चितवनमा यो वर्ष भएको यो पहिलो मृत्यु हो ।
नेपालमा सन् २००४ मा डेंगु रोग आएको पुष्टि भएको थियो । चितवनमा नै एकजना विदेशीलाई गरेको परीक्षणमा सो वर्ष डेंगु देखिएको थियो । त्यसपछि सन् २००९ मा चितवनमा नौजनामा डेंगु देखियो । डेंगुले सन् २०१० मा चितवनमा महामारीको रूप लियो । त्यो वर्ष ७३९ जना संक्रमित भए । त्यसपछि तीन तीन वर्षको फरकमा चितवनमा डेंगुका महामारी आउन थाल्यो ।