- समाचार यात्रा
- २ साल अघि
- 231 जनाले पढ़िसके

कास्की :धादिङका मनोज कुमाल पक्राउ परेका छन् । पोखरा महानगरपालिका–६ लेकसाईड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका–५ सल्यानटार घर भएका २५ वर्षीय कुमाल छन् । उनलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।