- समाचार यात्रा
- २ साल अघि
- 75 जनाले पढ़िसके

काठमाडौं : अन्जन विष्टले गरेको ह्याट्रिकको मद्दतले नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बांग्लादेशलाई ३(१ गोलअन्तरले पराजित गरेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा विष्टले उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक व्यक्तिगत उपलब्धिसमेत चुमेका छन् ।
विष्टले १८औं मिनेटमा पहिलो गोल गरे । विमल घर्तिमगरको फ्रि किकमा हेडबाट पहिलो गोल गरेका उनले २६औं मिनेटमा दोस्रो गोल थपे । तेज तामाङको सुरुवाती प्रहारमा बांग्लादेशी गोलरक्षक अनिसुर रहमानले बचाए पनि फर्केको बलमा उनले गोल गरे ।
विष्टले खेलको ३७औं मिनेटमा ह्याट्रिक पूरा गरे । विशाल राईको फ्रि किकमा हेडबाट गोल गर्दै उनले ह्याट्रिक पूरा गरेका हुन् । खेलको १७औं मिनेटमा बांग्लादेशी कप्तान जमल भुयाले २० यार्डबाट प्रहार गरेको बल पोस्टमा लागेर बाहिरिएको थियो । ६७औं मिनेटमा मोहम्मद हुसेन बादशाहले एक गोल फर्काए ।