- समाचार यात्रा
- २ साल अघि
- 541 जनाले पढ़िसके

विवेक धरेल :
धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ७ धारापानीमा फूटबल प्रतियोगीता हुने भएको छ । लगनशिल युवा क्लबले आयोजना गर्ने प्रतियोगीताका लागि असोज १८ गतेसम्म टिम दर्ता गराउन सकिने बताइएको छ । टिम दर्ता शुल्क ९ हजार ९ सय ९९ रहेको छ ।
‘खेलकुद विकासको लागि खेल प्रतियोगीता’ भन्ने नाराका साथ धारापानी खेल मैदानमा आयोजना हुन लागेको नवौ 9A Side खुल्ला क्लब स्तरीय फुटबल प्रतियोगीताका लागि अहिले तयारी तीब्र पारिएको छ । प्रतियोगीता असोज २१ गतेदेखि २५ सम्म संचालन हुने क्लबका उपाध्यक्ष दिपक गिदेल मगरले जानकारी दिए ।
प्रतियोगीतामा विजेता टिमलाई रु १ लाख ३० हजार कप र मेडल र उपविजेता टिमलाई ६५ हजार सहित मेडल प्रदान गरिने उपाध्यक्ष मगरले जानकारी दिए ।
प्रतियोगीतामा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार, उत्कृष्ट डिफेण्डरलाई नगद ४ हजार, सर्वाधिक गोलकर्ता र सर्वाधिक गोलरक्षकलाई नगद ४ /४ हजार प्रदान गरिने आयोजकले जानकारी दिए ।
प्रतियोगीताको फाइनल खेल असोज २५ गते हुनेछ । साथमा ५ हजार मिटरको दौड प्रतियोगीता र साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ । प्रतियोगीता २४ टिम मात्र समावेश गराइनेछ ।
दौड प्रतियोगीताका लागि असोज २४ गतेसम्म रु २ सय तिरेर नाम दर्ता गराइसक्नुपर्नेछ । दौड प्रतियोगीता तर्फ प्रथम हुनेलाई नगद ५ हजार, द्धितीय हुनेलाई नगद ४ हजार र तृतीय हुनेलाई नगद ३ हजार प्रदान गरिने बताइएको छ ।