लाल माेहम्मदको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक

  • समाचार यात्रा
  • २ साल अघि
  • 103 जनाले पढ़िसके

काठमाडौ : सर्लाहीका व्यापारी लाल माेहम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । शुक्रवार प्रहरी परिसर काठमाण्डाैले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो ।

काठमाण्डाैकाे गाेठाटारमा गएकाे असोज ३ गते गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहराले बताए ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका १६ का २१ वर्षीया मोहम्मद महारम मियाँ, १९ वर्षका रेहान मियाँ र सुमी भनिने सुस्मिता स्याङ्तान रहेका छन् । पक्राउ पर्नेमध्ये महारम र रेहानले लाल माेहम्मदकाे हत्या गर्नका लागि वीरगञ्जबाट हतियार व्यवस्थापन गर्ने काम गरेको अनुसन्धानले देखाएको बताए ।

प्रतिकृया दिनुहोस्