- समाचार यात्रा
- २ साल अघि
- 50 जनाले पढ़िसके
काठमाडौ : काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुरिएको हो ।
अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको बताइएको छ ।
पहिरोले पुरेर मृत्यु हुनेमा ५२ वर्षका राजु श्रेष्ठ र उनको श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र वर्ष ढेड वर्षकी उनकी छोरी सारथि श्रेष्ठ रहेका छन् ।