- समाचार यात्रा
- २ साल अघि
- 108 जनाले पढ़िसके

काठमाडौं : रुसको सैन्य तालिम केन्द्रमा बन्दुकधारीले आक्रमण गर्दा ११ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
सरकारी समाचार एजेन्सी रियाका अनुसार युक्रेनविरुद्ध लड्ने स्वयंसेवकहरुलाई हतियार चलाउने तालिम दिने स्थानमा बन्दुक आक्रमण भएको हो । युक्रेनसँग सिमाना जोडिएको रुसको बेलगोरोड क्षेत्रमा यो घटना भएको बीबीसीले जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले आक्रमणकारीहरु पूर्व सोभियत गणतन्त्रका भएको भने पनि थप जानकारी दिएको छैन । उनीहरु आतंककारी भएको पनि मन्त्रालयले जनाएको छ ।
आक्रमणमा दुई जना संलग्न भएको जनाइएको छ । उनीहरु तालिम केन्द्रमा कसरी प्रवेश गर्न सफल भए भन्ने खुलेको छैन ।
गत महिना रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिले सैन्य सेवा गरेका ३ लाख रुसी नागरिकलाई युक्रेनविरुद्धको लडाइँमा प्रयोग गर्न आदेश दिएका थिए । यो आदेशको विरोधमा रुसभर विरोध प्रदर्शन भएको थियो भने धेरैले देश छाडेका थिए ।