- समाचार यात्रा
- २ साल अघि
- 1162 जनाले पढ़िसके

काठमाडौ : शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । आइतबार विहान ७:०९ बजे ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा जोशीको निधन भएको अस्पतालले जानकारी दिएको हो।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित थिए भने उनलाई पछिल्लाे समय डेंगुको पनि संक्रमण रहेको थियो । डेङ्गु संक्रमणपछि उनलाई असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उनलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ ।