भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना, ७ जनाको मृत्यु

  • समाचार यात्रा
  • २ साल अघि
  • 168 जनाले पढ़िसके

भारत : उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकप्टर दुर्घटना भएको छ । पाइलटसहित हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको छ । समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकप्टरमा सवार सबै सात जनाको मृत्यु भएको बताएको छ ।

उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए) का प्रमुख कार्यकारी अधिकृत सी रविशंकरले पत्रकारहरूलाई दुर्घटनामा हेलिकप्टरका पाइलट अनिल सिंहको पनि मृत्यु भएको जानकारी दिए । यसबाहेक हेलिकप्टरमा सवार अन्य ६ जनाको पनि मृत्यु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्डको केदारनाथमा भएको हेलिकप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रतिकृया दिनुहोस्