धादिङमा पालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु

  • समाचार यात्रा
  • २ साल अघि
  • 911 जनाले पढ़िसके

धादिङ : धादिङमा अन्तरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको प्रतियोगिताको मंगलबार बागमती प्रदेश सरकारका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले ब्याटिङ र बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठले बलिङ गर्दै खेलको उद्घाटन गरेका हुन् ।

प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाबाट आठ टिम सहभागी छन् । स्थानीय स्तरमै खेलाडी उत्पादन गर्ने र क्रिकेट खेल मार्फत धादिङलाई देश विदेशमा चिनाउने उद्देश्य सहित प्रतियोगिता आयोजना गरिएको धादिङ क्रिकेट संघका अध्यक्ष दिपेश कँडेलले बताए ।

बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा खनियाबास गाउँपालिकाले गजुरी गाउँपालिकामाथि ६ विकेटको जित दर्ता गरेको छ। बिशालतारको खेलमा मैदानमा टस जितेर खनियाबास गाउँपालिकाले गजुरी गाउँपालिकालाई ब्याटिङको निम्तो दिएको थियो।

गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १११ रन जोडेको थियो। ११२ रनको सामान्य लक्ष्य लिएर मैदान आएको खनियाबासले १६.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेटाएका थिए। खेलको म्यान अफ द म्याच सरोज लम्साल भए।

प्रतिकृया दिनुहोस्