- समाचार यात्रा
- २ साल अघि
- 1675 जनाले पढ़िसके

धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं २ दोस्रो सल्यानटार 7 A Side कप हुने भएको छ । सल्यानटार फुटबल क्लबको आयोजनामा कात्तिक ५ गतेदेखि ८ गतेसम्म संचालन हुने जानकारी दिएको छ ।
दिपावली तथा छठ पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगीताका लागि टिम दर्ता कार्य चलिरहेको छ । सल्यानटारको एकले बर खेल मैदानमा आयोजना हुने प्रतियोगीताका लागि तयारी तीब्र पारिएको छ ।
प्रतियोगीतामा प्रथम हुने टिमले पुरस्कार नगद १ लाख १ हजार १ सय ११, ट्रफी मेडल र प्रमाणपत्र र द्धितीय हुने टिमले नगद ४० हजार ४ सय ४४ ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगीतामा म्यान अफ द म्याच, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर र उच्च गोलकर्तालाई आकर्षक पुरस्कारको समेत व्यवस्था गरिएको छ । टिम दर्ता कात्तिक ५ गते ११ बजेसम्म गर्न सकिने बताइएको छ ।