धादिङ क्रिकेट लिग: धुनिबेसी र त्रिपुरासुन्दरी फाइनलमा प्रवेश

  • समाचार यात्रा
  • २ साल अघि
  • 672 जनाले पढ़िसके

धादिङ : धादिङमा जारी क्रिकेट लिगमा धुनिबेशी र त्रिपुरासुन्दरी फाइनलमा प्रवेश गरेको छ ।

पहिलो खेलमा धुनीबेसी नगरपालिकाले नीलकण्ठलाई १३ रनले हराउदै फाइनलमा प्रवेश गरेको हो । टस जितेर धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो ।

१४१ रनको लक्ष्य लिएर मैदान आएको नीलकण्ठलाई अन्तिम १२ बलमा २७ रन आवश्यक रहेको थियो। १९औ ओभरमा धुनीबेसीका कौशल रुपाखेतीले केवल ५ रन खर्चिए। अन्तिम ओभरमा नीलकण्ठका कप्तान सन्तोष घिमिरेले सुदिप पाठकको ओभरमा ८ रन जोडे पनि जितको लागि प्राप्त भएन। खेलको म्यान अफ द म्याच कौशल रुपाखेती भए।

दोस्रो खेलमा त्रिपुरासुन्दरी ५ रनले बिजयी हुँदै फाइनलको यात्रा तय गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको त्रिपुरासुन्दरीले बेनिघाट रोराङलाई १०५ रनको चुनौती दिएको थियो ।

त्रिपुरासुन्दरीले २० ओभरमा ९ विकेट गुमाउदै १०४ रन बनाएको थियो । बेनीघाटले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९९ रन मात्र जोड्यो। खेलको म्यान अफ द म्याच कप्तान अमृत थापा भए।

फाइनल खेल चन्द्रोदय बहुमुखी क्याम्पस बिशालटारमा भोलि हुनेछ ।

प्रतिकृया दिनुहोस्