धादिङमा रहेको ह्वासिन सिमेन्टले पायो ओपीसी ४३ ग्रेडको मान्यता

  • समाचार यात्रा
  • २ साल अघि
  • 193 जनाले पढ़िसके

काठमाडौं : ह्वासिन सिमेन्टले ओपीसी ४३ ग्रेड गुणस्तर प्रमाण चिन्ह पाएको छ । गुणस्तर परिषद्को बैठकले सिमेन्टको ४३ ग्रेड गुणस्तर प्रमाण चिन्ह स्वीकृत गरेको नेपाल गुणस्तर तथा नाप तौल विभागले जनाएको छ । यसअघि सिमेन्टले १३ भदौमा ओपीसी र पीपीसी सिमेन्टमा ५३ ग्रेडको अनुमति पाएको थियो । विभागकी प्रवक्ता ज्योति भट्टले ह्वासिन सिमेन्टले ४३ ग्रेडका लागि अनुमति माग गरेको र त्यो पास भएको जानकारी दिइन् ।

धादिङमा रहेको उद्योगले दैनिक ३ हजार टन सिमेन्ट उत्पादन गर्छ । नेपालमा भित्रिएको विदेशी लगानीका उद्योगहरु मध्ये अन्तर्राष्ट्रिय बजारमा सबै भन्दा प्रभावशाली उपस्थिति रहेको कम्पनीको रुपमा ह्वासिन सिमेन्टलाई लिइन्छ ।

कुल १५ अर्ब लगानीमा लगानीमा २०७५ सालमा सिमेन्ट उद्योगको सिलान्यास भएको थियो । ११ महिनामा निर्माण सकेर व्यवसायिक उत्पादनमा जाने भनिए पनि उद्योगले राजनीतिक, प्रशासनिकसँगै प्राकृतिक अवरोध समेत झेलेको थियो ।

प्रतिकृया दिनुहोस्